०५ साउन २०८३, मंगलबार

राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने

साउन ७, २०८०
काठमाडौं
राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने

सरकारले नेपाली नागरिकलाई अनिवार्य रुपमा अगाडि बढाएको राष्ट्रिय परिचयपत्रलाई अब व्यवहारिक रुप प्रदान गर्ने भएको छ । 

परिचयपत्रमा समावेश भएको विवरणलाई अन्य सरकारी काम कारवाहीमा सहज बनाउने ध्येयका साथ केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने भएको हो । 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्रलाई व्यवहारिकता प्रदान गर्ने व्यवस्था गरेको छ ।

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुबीच ग्राहकको सूचना आदानप्रदान गर्न र राष्ट्रिय परिचयपत्र समेतलाई केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध हुनेगरी त्यस्तो प्रणालीको निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने व्यवस्था गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्