२३ असार २०८३, मंगलबार

लम्पी स्किनको महामारी रोक्न निःशुल्क खोप अभियान

साउन ७, २०८०
भक्तपुर
लम्पी स्किनको महामारी रोक्न निःशुल्क खोप अभियान

महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग रोकथामका लागि चाँगुनारायण नगरपालिकाले खोप तथा उपचार अभियान सञ्चालन गरेको छ ।

कृषि क्षेत्रमा आधारित चाँगुनारायण नगरपालिकामा कृषि र पशुपालनमा आत्मनिर्भर यहाँका अधिकांश किसानको गाईपालन रहेको र यहाँका ८० प्रतिशत गाई लम्पी स्किनबाट प्रभावित भएपछि नगरपालिकाले खोप तथा उपचार अभियान सुरु गरेको हो । 

नगरपालिकाका प्रमुख जीवन खत्रीले यहाँका अधिकांश बासिन्दाको घरघरमा गाईभैँसी पालन रहेकोमा अधिकांशको घरमा लम्पी स्किन रोगले गाई बिरामी हुने र मर्न थालेपछि नगरपालिकाले अभियान सञ्चालन गरेको बताए । 

“एक महिना अगाडिदेखि नै यो रोगको महामारी फैलिएको थियो, हाम्रो तर्फबाट रोग नियन्त्रणका लागि सक्दो प्रयास ग¥यौँ, यहाँका ८० प्रतिशत गाई यो रोगबाट प्रभावित भएका छन्”, नगरप्रमुख खत्रीले भने, “लम्पी स्किन फैलिनबाट रोक्न र उपचार गर्न हामीले वडावडामा, गोठगोठमै पुगेर पशु चिकित्सक एवं प्राविधिक टोलीले निःशुल्क खोप लगाउने र उपचार गर्ने कार्यको थालनी गरेका छौँ ।”

नगरपालिकाको पशुपक्षी विकास शाखाले लम्की स्किन रोग नियन्त्रणका लागि प्राविधिक टोली खटाएर एक हजार पाँच सय खोप लगाएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्