०५ साउन २०८३, मंगलबार

वामपन्थी एकतामा नेताहरूको जोड

साउन ७, २०८०
काठमाडौं
वामपन्थी एकतामा नेताहरूको जोड

वाम नेताहरूले नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठको स्मरण गर्दै विभिन्न गुटमा छरिएका कम्युनिष्ट पार्टीलाई पुनः एउटै बनाउनुपर्ने धारणा राखेका छन् । 

पुष्पलालको ४५औँ स्मृति दिवसका अवसरमा कीर्तिपुर नगरपालिका–४, चम्पादेवीस्थित पुष्पलाल पार्कमा आज आयोजित कार्यक्रममा नेताहरूले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले पुष्पलालको विचार र देशमा एउटै कम्युनिष्ट पार्टी देख्न उनको भावनाअनुरूप वामपन्थी एकताका लागि आफूले पहल गर्ने बताए । 

अर्का वामपन्थी नेता वामदेव गौतमले पुष्पलालले कम्युनिष्ट पार्टीको स्थापना र सञ्चालनका लागि गरेको मेहनत स्मरण गर्दै वाम एकताको पहल गर्ने विचार सकारात्मक भएको बताए । 

अर्का वामपन्थी विश्लेषक लोककृष्ण भट्टराईले सबै कम्युनिष्ट पार्टी एकै बनाउने कामको नेतृत्व पनि नेता नेपालले नै गर्नुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्