२७ असार २०८३, शनिबार

एक महिना रोकिएको सिरियल ‘हल्का रमाइलो’ प्रसारणमा आयो

साउन ८, २०८०
काठमाडौं
एक महिना रोकिएको सिरियल ‘हल्का रमाइलो’ प्रसारणमा आयो

एक महिना रोकिएको चर्चित टेलिभिजन सिरियल ‘हल्का रमाइलो’ प्रसारणमा आएको छ । आइतबार बेलुका १ सय ८८ भाग प्रसारणमा ल्याउँदै सिरियललाई निरन्तरता दिइएको हो । यो भाग कमेडी र सन्देशले भरिएको छ ।

वान–एक्स बेट प्रकरणमा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र राजु पौडेल ‘राजु मास्टर’सहितका कलाकार पक्राउ परेपछि सिरियलको प्रसारण रोकिन पुगेको थियो । केही साताअघि अदालतको आदेशमा उनीहरु रिहा भएका थिए । 

‘हल्का रमाइलो’ प्रसारणमा आए पनि ‘बल्छी धुर्बे’ र ‘राजु मास्टर’को अर्को सिरियल ‘जुठे’ प्रसारणमा आउन भने केही समय लाग्ने जनाइएको छ । 

छायांकनका लागि उपत्यकाबाहिर जानुपर्ने भएकाले यो सिरियल आउन केही समय लाग्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्