३१ जेठ २०८३, आइतबार

कोका–कोला इन्डियाको फ्रेन्चाइज भाइस प्रेसिडेन्टमा अजय विजय बथिजा नियुक्त

साउन ८, २०८०
काठमाडौं
कोका–कोला इन्डियाको फ्रेन्चाइज भाइस प्रेसिडेन्टमा अजय विजय बथिजा नियुक्त

कोका–कोला इन्डियाले अजयविजय बथिजालाई फ्रेन्चाइज अपरेसन फर साउथवेस्ट एशिया एसडब्लूए को भाइस प्रेसिडेन्टमा नियुक्त गरेको छ । करिब २४ वर्षको करियर यात्रामा उनले मार्केटिङ एण्ड फ्रेन्चाइजमा एक्स्पर्टिजको रुपमा काम गरेका छन् ।

सन् १९९९ मा अजयले हिन्दुस्तान कोका(कोला बेभरेज प्रालि एचसीसीबीपीएल र फ्रन्ट लाइन सेल्स टिमसँग आफ्नो व्यावसायिक यात्रा शुरु गरेका थिए ।

उनी २००५ मा स्याब्को भियतनाममा मेकोंग डेल्टा क्षेत्रको लागि रिजन म्यानेजर पनि रहेका  थिए । यो निर्णायक भूमिकामा, उनले भोल्युम ड्राइभ गर्न सेल्स अपरेसन र रुट(टु(मार्केट रणनीतिहरूको नेतृत्व गरेका थिए ।

उनी कोलाजका लागि मार्केटिङ डाइरेक्टरको रूपमा भारत फर्केपछि 'शेयर अ कोक' अभियानको नेतृत्व गरेका थिए । उनले सफलतापूर्वक कोका(कोला जिरो सुगर पहिलोपटक भारत र दक्षिणपश्चिम एशियाका बजारमा ल्याएका थिए ।

उनले एकीकृत मार्केटिङ अभियानहरू मार्फत थम्स अपलाई पुनरुत्थान गर्नमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । जसको परिणाम स्वरूप ब्रान्डको लोकप्रियतामा वृद्धि भएको थियो ।

२०१८ देखि २०२० सम्म बंगलादेशका लागि कन्ट्री म्यानेजरको रूपमा अजयले विश्वव्यापी रूपमा द कोका–कोला कम्पनीभित्र बंगलादेशलाई कोका(कोलाका टप ३ बजारहरूमा ल्याउन बोटलिंग पार्टनरहरूसँग नजिक रहेर काम गरेका थिए । सन् २०२० मा उनी फ्रन्ट लाइन मार्केटिङमा वरिष्ठ डाइरेक्टर हुन पुगे, जहाँ उनले पोर्टफोलियो स्ट्राटेजी पङ्क्तिबद्ध रुपमा संचालन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्