१० साउन २०८३, आइतबार
कोशीको सत्ता संकट

कोशीको सरकार गठन विवाद– रिटलाई पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश

साउन ८, २०८०
काठमाडौं
कोशीको सरकार गठन विवाद– रिटलाई पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश
फाइल फोटो

कोशी प्रदेश सरकार गठनसम्बन्धी रिटलाई सर्वोच्च अदालतको पूर्ण इजलासमा पठाउन आदेश गरिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।
‘प्रस्तुत निवेदनको विषयवस्तु हेर्दा जटिल कानूनी प्रश्न समावेश भएको देखिएको र त्यसको निराकरण पूर्णइजलासबाट हुन उपयुक्त देखिएकाले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ (२) (ग) बमोजिम मिति २०८० साउन ९ गते पूर्ण इजलासमा पेश हुने गरी पेशी तोकी नियमन बमोजिम गर्नू’, इजलासद्वारा जारी आदेशमा भनिएको छ ।

रिटमाथि मंगलवारदेखि नै सर्वोच्चको पूर्णइजलासमा सुनुवाइ हुनेछ ।

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दे गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्ने गरी काम नगर्न आदेश गर्दै र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

सभामुखको हस्ताक्षरसहित कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेपछि निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीले असार २२ गते सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सभामुखलाई सामान्य अवस्थामा मताधिकार नहुने भएकाले उनको हस्ताक्षर देखाएर सरकार गठन गर्न नमिल्ने जिकिर रिटमा गरिएको छ ।

तर, वर्तमान सरकारलाई सभामुखको हस्ताक्षरविना बहुमत पुग्ने देखिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्