२८ जेठ २०८३, बिहीबार

आरजुलाई गगनको जवाफ – एनजीओमा काम नगरेकोले अनुभव छैन

साउन ८, २०८०
काठमाडौं
आरजुलाई गगनको जवाफ – एनजीओमा काम नगरेकोले अनुभव छैन
फाइल फोटो

राजनीतिक प्रतिवेदनलाई एनजीओको रिर्पोट भनिएको बारे कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय सदस्य डा. आरजु देउवा राणालाई जवाफ फर्काएका छन् ।

केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा महामन्त्री थापाले गैर सरकारी संस्थामा काम नगरेकोले अनुभव नभएको जवाफ दिएका हुन् । 

‘प्रतिवेदनलाई एनजीओको जस्तो भन्नुभयो । एनजीओमा काम नगरेकोले अनुभव छैन’ थापाले भने । महामन्त्री थापाले पार्टीलाई जीवन्त बनाउनको लागि आफूले बोल्ने गरेको र बोल्ने बताए । 

केन्द्रीय सदस्य डा. राणा विभिन्न एनजीओमा आबद्ध रहेकाले महामन्त्री थापाले गैर सरकारी संस्थामा काम गरेको अनुभव नभएको भन्दै व्यङ्ग्य गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्