१५ असार २०८३, सोमबार
तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान

तिनाउ र दानव नदीमा फसेका दुई जनाको सकुशल उद्धार

साउन ९, २०८०
बुटवल
तिनाउ र दानव नदीमा फसेका दुई जनाको सकुशल उद्धार

बुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । बुटवल उपमहानगरपालिका-११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा, दानव नदीमा फसेका बुटवल-१४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयको प्रयासमा सकुशल उद्धार गरिएको हो ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा लिन, माछा मार्न वा खोला हेर्न नजान सबैमा अनुरोध गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। 

नदी किनारमा विपदको टोली र नगरप्रहरी खटाएर सावधानी अपनाइएको उनले बताए। नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्