०५ साउन २०८३, मंगलबार

मौद्रिक नीतिले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैनः अध्यक्ष ढकाल

साउन ९, २०८०
काठमाडौं
मौद्रिक नीतिले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैनः अध्यक्ष ढकाल
फाइल तस्वीर

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालू आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएका छन् । 

आइतवार नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको विषयमा प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले गत वर्षको मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्यभन्दा पनि अहिले कम गर्नु राम्रो नभएको बताए । 

गत वर्ष १२.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्यभन्दा घटेर चालू आर्थिक वर्षमा ११.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्यले अर्थतन्त्र चलायमान र ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न नसकिने उनले दाबी गरे । 

अध्यक्षले ढकालले निजी क्षेत्रका तीन वटा छाता संस्थाहरू उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रूपमा दिएका सुझावहरूको सम्बोधन नभएको बताए । 

उनले निजी क्षेत्रले दिएका सुझावहरू मौद्रिक नीतिमा सम्बोधन हुन्छ भन्ने अपेक्षा भए पनि अपेक्षाअनुसार मौद्रिक नीति नआएको बताए। ‘निजी क्षेत्रका तीन वटा छाता संस्थाहरू उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रूपमा सुझावहरू दिएका थियौं । निजी क्षेत्रले दिएका सुझावहरू मौद्रिक नीतिमा सम्बोधन हुन्छ भन्ने अपेक्षा थियो । केही सुझावहरू समेट्ने प्रयासहरू गरेको ५ तर, अपेक्षाअनुसार हुन सकेन,' उनले भने, 'मौद्रिक नीतिले कर्जा विस्तारलाई ११.५ प्रतिशत गर्ने लक्ष्य राखेको छ । जसमा गत वर्षको मौद्रिक नीतिको लक्ष्य भन्दा पनि कम हो । सरकारको बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन सक्दैन ।’

अध्यक्ष ढकालले मौद्रिक नीति आए पनि निर्देशनहरू आउन बाँकी रहेको भन्दै निर्देशनमार्फत् निजी क्षेत्रले दिएको सुझावहरूलाई अझै समेटेर निर्देशन जारी गर्न माग गरे । निजी क्षेत्रले दिएका सुझावलाई निर्देशनमार्फत् सम्बोधन गरे अर्थतन्त्र चलायमान बनाउन सहज हुने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्