०२ साउन २०८३, शनिबार

विराटनगरमा अग्नि मोटोइन्कको पावरोल डिजेल जेनेरेटरको डिलर सञ्चालन

साउन ९, २०८०
काठमाडौं
विराटनगरमा अग्नि मोटोइन्कको पावरोल डिजेल जेनेरेटरको डिलर सञ्चालन

अग्नि मोटोइन्कले विराटनगरमा महिन्द्रा पावरोल डिजेल जेनेरेटरको डिलरसिप सञ्चालनमा ल्याएको छ । अग्नि मोटोइन्क महिन्द्राको आधिकारिक वितरक अग्नि समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।

अग्नि ग्रुपका म्यानेजिङ डाइरेक्टर क्याबिनेट श्रेष्ठले महिन्द्रा पावरोल जेनेरेटरको डिलरको उद्घाटन गरेका हुन् । महिन्द्रा पावरोल नेपालको जनेरेटर उद्योगमा अग्रणी रहनुका साथै सबैको रोजाइमा रहेको उनले बताए ।

कार्यक्रममा प्याक्ट पावरका एमडी दर्शन कार्कीले महिन्द्रा पावरोल डिजल जेनेरेटरहरूले ध्वनि प्रदूषण कम गर्नुका साथै अधिक इन्धन कुशलता प्रदान गर्ने दाबी गरे । ग्राहकको सन्तुष्टि एवं बिक्रीपछिको सेवाहरूमा विशेष ध्यान दिएकोले ग्राहकको छनोटमा जेनेरेटर पर्दै आइरहेका उनले बताए ।

null

अग्नि ग्रुपसँग पावरोलको विराटनगरका लागि डिलरसीप भने एमएस प्याक्ट पावर प्रालिले लिएको छ ।

अग्नि ग्रुपले महिन्द्रा युटिलिटी भेहिकल, ट्राक्टर तथा इलेक्ट्रिक सवारीसाधनहरूको आयात तथा वितरण गर्दछ ।

देशभर महिन्द्रा पावरोल डिजल जेनेरेटरले विद्युतीय शक्तिको आवश्यकतालाई पूरा गर्दै आइरहेको र नेपालको जनेरेटर बजारमा एक प्रतिष्ठित ब्राण्डको छाप बनाएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार महिन्द्रा पावरोल जनेरेटरहरू ५ केभीएदेखि ६२५ केभीएसम्मका २८ मोडेलमा उपलब्ध छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्