०८ साउन २०८३, शुक्रबार

अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौं : गृहमन्त्री श्रेष्ठ

साउन ९, २०८०
गोरखा
अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौं : गृहमन्त्री श्रेष्ठ
फाइल फोटो

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानूनी दायरामा ल्याएरै छोडिने बताएका छन् । 

प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए । उनले भने, “ठूला, साना जो भए पनि दोषीलाई कानूनी दायरामा ल्याउँछौं ।” तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिया अघि बढाइने उनको भनाइ थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनुसन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे । “जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा उम्कन दिइँदैन”, उनले भने। 

भ्रष्टाचार विरुद्धको अभियान पनि दृढताका साथ अघि बढाइने गृहमन्त्री श्रेष्ठले बताए । आम जनताको जीवनस्तरमा परिवर्तन हुनेगरी सम्बृद्धिको आधार तयार पार्न सरकार प्रतिवद्ध भएर लागेको उनले उल्लेख गरे ।

पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्