२५ जेठ २०८३, सोमबार
सिद्धबाबामा पहिरो

भर्खरै निर्माण थालिएको सिद्धबाबा सुरूङमार्गको ‘टनेल पोर्टल’ पहिरोले पुरियो

साउन ९, २०८०
बुटवल
भर्खरै निर्माण थालिएको सिद्धबाबा सुरूङमार्गको ‘टनेल पोर्टल’ पहिरोले पुरियो

सिद्धबाबामा निर्माणधीन सुरूङ मार्गको ‘टनेल पोर्टल’ पहिरोले पुरिएको छ । गएरातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले सिद्धबाबा मन्दिर नजिकैको टनेल पुरिएको हो ।

आयोजनाका इन्जिनियर युधिरिष्ट पन्थीका अनुसार बुटवलतर्फको साइडमा निर्माण थालिएको टर्नेलमा पहिलो ठूलो क्षति पुगेको छ । ‘अहिले पनि पानी परिरहेको छ’ पन्थीले भने, ‘आकार लिएको सुरुङमाथि पहिरो झर्‍यो ।’

सुरूङमार्गमा अहिले दैनिक ८० जना कामदारले काम गर्दै आएका छन् ।

बाह्रै महिना पहिरो झरेर अकालमै यात्रुको मृत्यु हुने क्रम बढेसँगै पाल्पाको तिनाउ गाउँपालिका–३ मा सुरूङमार्ग निर्माण थालिएको थियो ।
स्थानीय तोया लम्सालले पहिरोले सुरूङको टर्नेल पुरै पुरिदिएको जानकारी दिए । 

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि ठूलो दुर्घटना हुने गरेको छ ।​ वर्षौंदेखि समस्या भएपछि अन्य कार्यभन्दा उत्तम ठानेर सरकारले सुरूङमार्गको निर्माण अघि बढाएको हो ।

यो परियोजनाको लागत १० अर्ब रूपैयाँ अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्