०७ असार २०८३, आइतबार

चिनियाँ विदेशमन्त्री छिन क्याङ बर्खास्त, वाङलाई नयाँ जिम्मेवारी

साउन ९, २०८०
काठमाडौं
चिनियाँ विदेशमन्त्री छिन क्याङ बर्खास्त, वाङलाई नयाँ जिम्मेवारी

झण्डै एक महिनादेखि गुमनाम रहेका चिनियाँ विदेशमन्त्री छिन क्याङ बर्खास्तीमा परेका छन् ।

राष्ट्रपति सी चिनफिङले क्याङलाइ बर्खास्त गर्दै मंगलवार वाङ यीलाइ नयाँ जिम्मेवारी दिएका छन् । वाङ यसअघि पनि विदेश मन्त्री थिए ।

अमेरिकाका लागि चिनियाँ राजदूत रहेका वरिष्ठ कूटनीतिज्ञ क्याङलाई गत डिसेम्बरमा विदेशमन्त्रीको जिम्मेवारी दिइएको थियो ।

२०२३ को जुन महिनाको अन्त्यदेखि उनी सार्वजनिक रूपमा देखापरेका थिएनन् । क्याङलाई विदेशमन्त्रीबाट हटाइएको चिनियाँ राज्य प्रसारक सीसीटीभीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङपोष्टले जनाएको छ । ​

क्याङको अनुपस्थितिमा वाङले कूटनीतिक भेटघाट गर्दै आएका थिए । क्याङको बर्खास्ती रहष्यपूर्ण रुपमा रहेको छ । चिनियाँ मुलकी अमेरिकी टिभी एंकर फु जियोतियानसँग अफयेर्स रहेको चर्चामा आएको थियो । ती पत्रकार हङकङमा बस्दै आएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्