०३ साउन २०८३, आइतबार

अखिल(क्रान्तिकारी)का आगामी कार्यभारहरू

कात्तिक २०, २०७४
अखिल(क्रान्तिकारी)का आगामी कार्यभारहरू


अखिल(क्रान्तिकारी)को आफ्नै गौरव गर्न लायक इतिहास छ । जनयुद्धको समयमा त्याग, तपस्या, बलिदान र समर्पणले ओतप्रोत जिवन्त आदर्श विद्यार्थी नेताहरूमा थियो । फलस्वरूप केही समयमा जनयुद्ध उत्कर्ष पुग्यो । विद्मार्थि नेता गंगालाल श्रेष्ठ देखी वेनोज अधिकारी सम्मका नेपाली विद्मार्थि आन्दोलनको इतिहास अध्ययन गर्दा पनि विद्मार्थिहरू सधै प्रतिपक्ष भुमिका रहेको देखिन्छ । अखिल(क्रान्तिकारी)को विगतदेखि वर्तमानमा पनि सधैं राज्यले गरका दमन विरूद्धको आन्दोलनमा छ ।

विद्यार्थी संगठन राज्यले गरेका सकारात्मक कामको समर्थन र विद्मार्थि तथा आम जनताको अहित हुने कामको सधै बिपक्ष वा प्रतिपक्ष रहेर भण्डाफोर गर्दै खवदारी गर्ने सचेत समुह हो ।

राज्यले प्रदान गर्ने शिक्षा निःशुल्क, समान, माटो सुहाँदो र समाजवादी शिक्षा हुनु पर्छ भन्दै माग राख्दै गर्दा तत्कालीन राज्य पक्षले हल्का रुपमा लिएपछि युवा विद्मार्थिले क्रान्तिको मसाल उठाउदै जनयुद्धमा सामेल भएका थिए ।

अखिल(क्रान्तिकारी) तत्कालीन समय देखी वर्तमान सम्म शैक्षिक माफियाका विरुद्ध जेहाद चलाउने संगठनको रुपमा स्थापित छ । परिणाम स्वरूप, आज नेपालको विद्मार्थि आन्दोलनमा जनयुद्धलाई महत्वपुर्ण कोसेढुङ्गाको रुपमा लिईन्छ । जनयुद्धको जगमा ०६२ र ०६३ सालको १९ दिने जनआन्दोलन सफल भयो, परिणाम स्वरूप वर्तमान समयमा देशमा गणतन्त्र आएको छ ।

शैक्षिक क्षेत्रका माफिया विरुद्ध संघर्ष सोचे अनुरूप हुन सकेको छैन । सरकारको व्यवस्थाले सरकारी विद्मालयहरूमा विद्मार्थि घट्दो क्रममा छन । निजि विद्मालयहरू फस्टाईरहेका छन । विश्वविद्मालयहरू आफैले सम्वन्धन दिएका निजि क्याम्पसले लगाम लगाए जस्तो देखीन्छ । शिक्षा पुर्ण रुपले ब्यापारको केन्द्र वन्न खोजेको जस्तो देखिन्छ।अचम्म र उदेक लाग्दो के छ भने राज्यका नियम कानुनलाई व्यवस्था गर्दै निजि क्षेत्रका संचालकहरूले आफै नियम वनाऊ छन । राज्य दर्शक जस्तो देखीएको वर्तमान अवस्था हो ।

भारतिय शासकको ज्यादती सिमा क्षेत्रका जनता माथि छलङ्ग देखिन्छ । विदेशी शक्ती केन्द्रको चलखेल दिनानुदिन बढ्ने क्रममा छ । मुलुको सार्वभौम सत्ता कमजोर बनाउने खेल भईरहेको आभाष हुन्छ । राष्ट्रीयताको सवालमा सवै दलहरूको एउटै आवाज हुन जरूरी छ । शैक्षिक रूप जनतालाई जागरण गर्दै राष्ट्रीयता मजवुत वनाऊन आवश्यक छ । शिक्षा र राष्ट्रीयता एक आपसमा परिपुरक हुन ।

नयां संविधानले मुलुकलाई समाजवादी दिशा तर्फ उन्मुख गरेको छ । मुलुकलाई अशिक्षाको अन्धकार बाट हटाई शिक्षाको उज्यालो दियो वाल्न काम युवा विद्मार्थिहरूको उत्तरदायित्व हो ।

यो अवस्थामा एकताको २१औ राष्ट्रीय सम्मेलन भब्यताका साथ अध्यक्ष प्रचण्डले उद्दघाटन गर्नु भयो । मन्तव्य क्रममा अध्यक्षले सम्मेलनमा भन्नु भयो,ु यस पटक अखिल क्रान्तिकारीले विगतमा गरेका कामको अभिलेखिकरण गर्दै समाजवादी शिक्षाको बाटो तय गर्नेछ । नेतृत्व निर्माण वारे अध्यक्षले भन्नु भयो, यसपाली अखिल(क्रान्तिकारी)ले नेतृत्व चयन विगतको भन्दा फरक तरिकाले गर्नेछ, नेतृत्व निर्माणको विधि प्रत्यक्ष प्रतिसपर्दामा आधारीत हुनेछ । तर काग्रेंश र एमाले निकट विद्मार्थि संगठनले जस्तो भद्दा प्रतिष्पर्दा जस्तो होईन ।

बन्दसत्रमा प्रस्तुत विधान तथा प्रतिवेदनमा लिखित आगामी कार्यदिशामा जनवादी शिक्षा र समाजवादी शिक्षा वारे विहङगम समूहगत वहस भयो । विभिन्न समुहका वोल्ने नेताहरूले समाजवादी शिक्षाको मोडेल र आजको आवश्यकता वारे प्रष्ट राख्नु भयो ।

नेतृत्व निमार्णको सन्दर्भमा एकताको २१औ राष्ट्रीय सम्मेलनमा सहमतिको प्रक्रिया बाट चयन गर्ने भनियो तर सफल भएन । करिव एक हजार वरावरको केन्द्रीय समिति २४३ सदस्यी बनाउने चानेचुने विषय थिएन । जम्भो समितिलाई सानो आकारको समिति सहमतिको आधारमा बन्ने संभावना ज्यादै न्युन थियो । अन्तमा अखिल (क्रान्तिकारी) को इतिहासमा पहिलो पटक चुनाव भयो । सहमतिको संभावना गुज्रीएपछि चुनाव मार्फत सक्षम र कुशल नेतृत्व निर्माण भएको वर्तमान अवस्था हो । निर्वाचित समितिलाई आशा लाग्दो, भर लाग्दो र डर लाग्दो संगठन बनाउने अवसर मिलेको छ ।

चुनावी प्रक्रियामा वनेका अस्थायी गुटकको आधारमा मुल्याङकन नभई जित र हार हुनु भएका नेताहरूलाई आन्दोलन र संगठनको आवश्यकतालाई मध्य नजर गर्दै नेतृत्व निमार्णमा समायोजन गर्न आवश्यक छ । सम्मेलनले पारित गरेको विधि र पद्धतिमा सवै समिति चल्नु पर्छ,अन्यथा अराजकहरूको भीड भन्ने खतरा हुन्छ ।

संविधान लिखित माध्यमीक शिक्षालाई निशुल्क भनिए पनि अझै लागु हुनसकेको छैन।यसको व्यवहारीक कार्वानयनको लागी दवावको खाचों छ । दवाव पुर्ण आन्दोलनको पहल अखिल(क्रान्तिकारी)गर्न जरुरी छ । यो चुनौतिलाई अवसरमा बदल्न सकेको खण्डमा नेपाली विद्मार्थि आन्दोलको औचित्य र आवश्यकता थप पुष्टी हुनेछ ।

क्रान्तिका वांकी कार्यभार पुरा गर्ने र आर्थिक समृद्धी तथा सामाजिक न्याय प्राप्तिको लागि शैक्षिक पुनसंरचना गर्दै समाजवादी राज्य व्यवस्था निर्माण र समाजवादी शिक्षा प्रणाली निर्माण नै अव अखिल(क्रान्तिकारी)एजेन्डा हुनेछ । विगत देखि उठाउदै आएको जनवादी शिक्षा प्रणाली समान, निशुल्क र वैज्ञानिकलाई पुर्णता दिदै समाजवादी राजनैतिक चेतनासहितको आत्मनिर्भर, दक्ष तथा प्राविधिक जनशक्ति उत्पादन गर्ने बहुप्रविधिक शिक्षा प्रणालीको पक्षमा आन्दोलन केन्द्रीत गर्नु विकल्प छैन ।

यो निष्कर्षमा हलमा उपस्थित सवै नेता प्रतिनिधि प्ररिवेक्षकहरू सवै सहमत हुदै गडगडाहट ताली बजाउनु भयो । उक्त विधान तथा प्रतिवेदन पारित भयो।अखिल(क्रान्तिकारी)ले आफ्नो कार्यदिशा नयां संविधान अनुरूप सम्मेलन मार्फत निर्माण गरेको छ ।

शिक्षालाई ब्यापार गर्ने सपिङ्ग सेन्टर वन्न वाट रोक्ने जिम्मेवारी क्रान्तिकारी नेताहरूको हो।शिक्षा क्षेत्रका विकृति, विसंगति समुल अन्त्यले मात्र गुणस्तरीय शिक्षा प्राप्त हुन्छ । अखिल(क्रान्तिकारी)लाई धारीलो र प्रतिपक्षको भुमीकामा प्रस्तुत गर्दै एकताको २१औ राष्ट्रीय सम्मेलनले पारित गरेका आगामी कार्यभार पुरा गर्न जरुरी छ ।

आचार्य अखिल(क्रान्तिकारी)का नेता हुन् 

salt training

कमेन्ट गर्नुहोस्