०८ साउन २०८३, शुक्रबार

दार्चुला, बझाङ र बैतडी आसपासका नदीहरूमा बहाब बढ्ने, केहीमा आकस्मिक बाढीको जोखिम

साउन १०, २०८०
काठमाडौं
दार्चुला, बझाङ र बैतडी आसपासका नदीहरूमा बहाब बढ्ने, केहीमा आकस्मिक बाढीको जोखिम
फाइल तस्बिर

आज (बुधवार) दार्चुला, बझाङ र बैतडी आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने सम्भावना छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार यी जिल्लाका केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ । 

यी जिल्ललाका नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

साथै झापा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, ललितपुर, सर्लाही, महोत्तरी, धनुषा, बाग्लुङ, म्याग्दी, रुकुम पूर्व, अछाम, डोटी, डडेल्धुरा, बाजुरा, कालिकोट र आसपास भई बहने केही स-साना नदीमा बहाव बढ्न सक्ने पूर्वानुमान छ । यी क्षेत्र भई बहने साना नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । 

आगामी ३ दिन देशका प्रमुख नदीहरूमा जलसतह सामान्य रहने पूर्वानुमान रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्