×

NMB BANK
NIC ASIA

नेपालमा खर्बौं खर्चिँदै आइएनजीओ

नेपालमा अनुदानको एक खर्ब रुपैयाँ खर्चिंदै आईएनजीओ, एउटै प्रोजेक्टमा ८ अर्ब

काठमाडाैं | साउन १०, २०८०

NTC
Premier Steels

नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले बर्सेनि अर्बौं रुपैयाँ खर्च गर्ने गरेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १६८ वटा आईएनजीओहरूले पछिल्लो एक वर्षमा मात्रै २४ अर्ब ३४ करोड रुपैयाँ खर्च गरेका छन् । 

Muktinath Bank

समाजकल्याण परिषदबाट अनुमति लिएका र वार्षिक कार्ययोजना पेश गरेर काम गर्ने संस्थाबाट भएको खर्च गत आर्थिक वर्ष २०७९/०८० मा सवा २४ अर्ब देखिएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले जानकारी दिए । उनका अनुसार यी संस्थाहरूले गर्ने खर्चको नियमित अनुगमन, मापदण्ड र स्वीकृतिअनुसार सञ्चालन गराउने काम परिषद्‍बाटै भइरहेको छ । नेपालमा आईएनजीओहरूले गरेको खर्चको प्रभावकारिता र आवश्यकता अध्ययनको विषय भए पनि उनीहरूले गरेका कामले सकारात्मक नतिजा दिइरहेको समाजकल्याण परिषदमार्फत् रिपोर्टिङ आउने गरेको शर्माले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी उनीहरूले सञ्चालन भइरहेका चालू योजनामा अर्ब रुपैयाँ खर्च गरिरहेका छन् । हाल नेपालमा काम गरिरहेका विदेशी संस्थाको कार्यक्रममा ९८ अर्ब ३९ करोड रुपैयाँ खर्च भइरहेको मन्त्रालयको तथ्यांक छ ।


Advertisment
Nabil box
Kumari

गत आर्थिक वर्षबाट बालबालिकाको कल्याण क्षेत्रमा एउटै संस्थाबाट ७ अर्ब ९५ करोड रुपैयाँ खर्च भइरहेको छ । अमेरिकाको वर्ल्ड भिजन इन्टरनेसनलले हातेमालो कार्यक्रमअन्तर्गत ‘बालाबालिकाको कल्याण तथा एकीकृत विकास योजना’मा उक्त रकम खर्च गरिरहेको छ । वर्ल्ड भिजन इन्टरनेसनलले पाँच वर्षमा गर्ने यस्तो खर्च समाज कल्याणबाट स्वीकृति पाएका १६८ आईएनजीओमध्येकै सबैभन्दा धेरै हो । 

Vianet communication

नेपालमा दोस्रो ठूलो रकम पाँच वर्षमा बेलायती संस्था सेभ द चिल्ड्रेन इन्टरनेसनलले खर्च गरिरहेको छ । यो संस्थाले यही वर्ष अर्थात् सन् २०२३ सम्मको लागि गरिरहेको यस्तो खर्च ७ अर्ब १८ करोड रुपैयाँ रहेको छ । यो संस्थाले हाल २२ जिल्लामा काम गरिरहेको छ भने यसको वार्षिक खर्च १ अर्ब ४३ करोड रुपैयाँ छ । 

नेपालमा काम गरिरहेका आईएनजीओहरूमध्ये १ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिरहेका १९ वटा संस्था छन् । यी संस्थाहरूले १ अर्बदेखि करीब ८ अर्बसम्म खर्च गरिरहेको तथ्यांकले देखाएको छ । 

नेपालमा हाल विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका आईएनजीओहरूले गर्ने खर्च सम्बन्धित स्थानीय तहसँगको समन्वयमा मात्रै गर्नुपर्ने हुन्छ । समाज कल्याण परिषद्का प्रवक्ता सञ्जयकुमार मल्लिकका अनुसार स्वीकृति नलिएर कुनै पनि संस्थाले खर्च गर्ने पाउँदैनन् । कुनै संस्थाले खर्च गरिसकेको भए पनि त्यसले खर्च प्रमाणीकरण गर्न परिषद्‍मै आउनुपर्ने हुन्छ । अनुमति नलिने संस्थाको हकमा परिषद्ले आवश्यक कारवाही गर्न सक्ने पनि मल्लिकले बताए ।

उनका अनुसार आईएनजीओले खर्च गर्न परिषद्‍बाट स्वीकृति लिनुपर्छ भने सम्बन्धित पालिकामा काम गर्न सोही निकायबाट पनि अप्रुभल लिनुपर्ने व्यवस्था छ । समाज कल्याणले भने सम्बन्धित पालिकामा खर्च भएको आईएनजीओको रकम पनि सोही पालिकाले बजेटमा राख्नुपर्ने प्रस्ताव अगाडि सारेको छ । स्थानीय तहले आफ्नो बजेट बाहिरको रकम आफ्नै पालिकामा खर्च हुने गरेको भए पनि त्यसको सबै विवरण अनुसूचीसम्म पनि नराखेको उनले बताए । 

१४३ प्रोजेक्टले अनुमतिविनै खर्चिए ४६ करोड

नेपालमा गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै  १४३ वटा प्रोजेक्टले अनुमतिविनै ४६ करोड रुपैयाँ खर्च गरेको भेटिएको छ । नेपालमा खर्च गरेका, स्थानीय तहसँग समन्वय गरेको देखिए पनि समाज कल्याणबाट अनुमति नलिएका कारण ती संस्थाहरूको खर्च अनुमोदन गर्न भने परिषद्‍मै आउनुपर्ने छ । अनुमति नलिएका संस्थाहरूको खर्च अनुमोदन नभएका कारण परिषद्‍मा आइपुगेका र उनीहरूको खर्चको प्रमाणीकरण गर्ने काम भइरहेको मल्लिकले बताए । 

अनुमति नलिएका यस्ता संस्थाहरू कतिपय थाहा नपाएर खर्च गरिरहेका हुन्छन् भने कतिपयले खर्च गर्दै अनुमति लिने प्रक्रिया गर्नेभन्दा ढिलो भएको पाइएको परिषद्ले‍ जनाएको छ ।

परिषद्का अनुसार नेपालमा आएर काम गरिरहेका विदेशी संस्थाहरूको कामको नियमित अनुगमन भइरहेको हुन्छ । जुन काम बढी प्रभावकारी छ, त्यसले पटक पटक काम गरिरहेको पनि मल्लिकले बताए । कामको प्रभावकारिताको विषयमा सम्बन्धित स्थानीय तहसँगको समन्वयले पनि देखाइरहेको परिषद्‍ले जनाएको छ । स्थानीय तहसँग समन्वय भएकै कारण दातासँगको कार्यक्रममा दोहोरोपना नपर्ने दाबी मल्लिकको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x