
काठमाडौं, २९ भदौ– जापानका प्रधानमन्त्री सिन्जो आबे भारत भ्रमणमा छन् । आफ्ना समकक्षी नरेन्द्र मोदीले आफ्नो गृहराज्य गुजरातमा उनको स्वागत गरे । दुवै नेताले रोडमा जीपमा बसेर ८ किलोमिटर लामो यात्रा गरेका छन् ।
मोदीको महत्वाकांक्षी बुलेट रेल परियोजनाका अलावा एक अर्को योजनामा पनि चर्चा भइरहेको छ । त्यो हो, एशिया अफ्रिका ग्रोथ कोरिडोर ।
चीनको आखा अहिलो सिन्जो आवेको भारत भ्रमणमा परेको छ । चिनियाँ सञ्चार माध्यमहरुले जापानी प्रधानमन्त्रीको भारत भ्रमणलाई प्राथमिकता दिएका छन् ।
चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ भारतीय प्रधानमन्त्रीले जापाकोसँग एशिया अफ्रिा ग्रोथ कोरिडोरको प्रस्ताव राखेको छ । ग्लोबल टाइम्सले लेखेका छ कि ‘वान बेल्ट वान रोड’ लाई रोक्न प्रयास भइरहेको छ ।
भारतीय सञ्चारमाध्यमहरुले यो कोरिडोर मा कयौं घोषणा मोदी र अबेले गर्न सक्ने छन् ।
भारत र जापानकाबीच ४० अरब अमेरिकी डलरको यस परियोजनामा सहयोग गर्ने योजना प्रस्तावित छ । यो परियोजनाको लक्ष्य अफ्रिमी देशमा विकास सहकार्य गर्नु हो । जसमा पातानको तर्फबाट ३० अर्ब डलर र भारतको तर्फबाट १० अर्व डलर लगानी हुने छ ।
चीन पछिल्लो केही समयदेखि अफ्रिकामा आफ्नो प्रभुत्व बढाइरहेको छ । यस्तो मा भारत र जापान आफूलाई विकसित शक्तिको रुपमा देखाउँन चाहन्छन् ।