२२ जेठ २०८३, शुक्रबार

ससुरालीमै गएर श्रीमतीको हत्या, श्रीमान पक्राउ

साउन १०, २०८०
काठमाडौं
ससुरालीमै गएर श्रीमतीको हत्या, श्रीमान पक्राउ

श्रीमतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २३ वर्षीया यास्मिन खातुनको हत्या अभियोगमा भारत बिहार प्रान्तको पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी-१४ रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई प्रहरीले बुधवार बिहान पक्राउ गरेको हो । 

बाराको सिम्रौनगढ नगरपालिका-६ बयलहट्टी बजारस्थित माइती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले माइती घरमा आएर धारिलो हतियार प्रयोगगरी हत्या गरेको ईलाका प्रहरी कार्यालय सिमरौनगढले जनाएको छ । 

साथै अमानुल्लाहलाई स्थानीयबासीले कुटपिट गर्दा घाइते भएको र प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्