१६ असार २०८३, मंगलबार
करिब सय किलो सुन बरामद प्रकरण

संसदमा देवेन्द्र पौडेलको प्रश्न– सरकारले भ्रष्टाचारको छानबिन गर्न खोज्दा किन कसैको टाउको दुख्छ ?

साउन १०, २०८०
काठमाडौं
संसदमा देवेन्द्र पौडेलको प्रश्न– सरकारले भ्रष्टाचारको छानबिन गर्न खोज्दा किन कसैको टाउको दुख्छ ?

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचार छानबिन गर्दा विपक्षी दलले विरोध गरेको आरोप लगाएका छन् । सरकारले भ्रष्टाचारीमाथि कारवाही शुरू गरेपछि दिउँसै रात पार्न खोजिएको पौडेलले बताए । 

बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा माओवादी सचिव पौडेलले भ्रष्टाचार विरोधी अभियानलाई निरन्तता दिन माग गरेका हुन् । ‘यहाँ दिउँसै रात पार्न खोजिएको थियो, भ्रष्टाचार छानबिन गर्न खोज्दा माननीयज्यूहरूले टाउको दुखाउन जरुरी छैन’ पौडेलले भने । त्यसअघि नेकपा एमालेले संसदमा सुन तस्करीको विषयलाई लिएर केही मन्त्रीलाई आक्षेप लगाएको थियो । 

‘दोषीलाई कारवाही गर्न माननीयजीहरू खुसी हुनु पर्ने हो । सरकारको प्रयत्नलाई सलाम व्यक्त गर्न चाहन्छु’ पौडेलले भने । संसदमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ।  

salt training

कमेन्ट गर्नुहोस्