१६ असार २०८३, मंगलबार

ललिता निवास प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

साउन १०, २०८०
काठमाडौं
ललिता निवास प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको म्याद पाएको छ ।

उनीहरूलाई बुधवार जिल्ला अदालत काठमाडौंमा पेश गरिएकामा अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

सीआईबीले उनीहरूसँग अहिले बयान लिने काम जारी राखेको छ । घटनामा प्रहरीले विगत १ महिनादेखि अनुसन्धान गरिरहेको छ । कीर्ते तथा संगठित रूपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व सरकारी कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत २२ जना पक्राउ परेका थिए । 

विक्रम संवत् २०४९ देखि २०६९ सालसम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ । 

ललिता निवास प्रकरणमा यसअघि ३०० जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएपछि ब्यूरोले पुनः अनुसन्धान थालेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्