
राजधानीको बूढानीलकण्ठबाट एक जना प्रहरी वरिष्ठ हवल्दार पक्राउ परेका छन् । प्रहरी प्रभाग बूढानीलकण्ठमा कार्यरत विष्णु सिंहलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित वासिकबाट पक्राउ गरेको हो ।
खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
सिंहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको उनको भनाइ छ । साथै उनको साथबाट श्रोत नखुलेको ६२ हजार ५१५ रुपैयाँ पनि बरामद भएको छ । सिंहमाथि प अनुसन्धान भइरहेको दाहालले जानकारी दिए ।