
सशस्त्र प्रहरी बल नेपालको टोलीले बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुम बजारबाट २१ लाख रुपैयाँ बराबरको शंकास्पद रिचार्ज कार्ड बरामद गरेको छ ।
नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक बसमा जाँच गर्दा शंकास्पद रूपमा देखिएको रिचार्ज कार्ड सुरक्षा वेश कुसुमले बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।
बरामद रिचार्ज कार्डलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको छ ।