×

NMB BANK
NIC ASIA

फिदिम बोलेरो दुर्घटना : मृतकको संख्या तीन पुग्यो

पाँचथर | साउन ११, २०८०

NTC
Premier Steels

मंगलवार पाँचथरको फिदिममा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङकी २६ वर्षीया इसेटिमा शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।  

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार गम्भीर घाइते शेर्पाको अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुर्घटनामा गम्भीर घाइते भएकी शेर्पालाई जिल्ला अस्पताल पाँचथरमा प्रारम्भिक उपचारपछि विर्तामोड लगिएको थियो । दुर्घटनामा गम्भीर घाइते ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ४५ वर्षीय जीतेन्द्रमणि विक्रम वनेमको मंगलबार जिल्ला अस्पताल पाँचथरमा र पाँचथरको फिदिम नगरपालिका–१० की ४० वर्षीया सविना विकको झापा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।


Advertisment
Nabil box
Kumari

झापाको विर्तामोडबाट पाँचथरको फिदिम आउँदै गरेको मे १ ज १९४१ नं को बोलेरो जीप मंगलवार दिउँसो १२ : १५ बजे फिदिम नगरपालिका–२ कृष्णमन्दिर छेउमा दुर्घटना भएको थियो । चालकले घुम्ती मोड्न नसक्दा सडकबाट करिब दुई सय मिटर तल झरी बोलेरो दुर्घटना भएको थियो । 

Vianet communication

दुर्घटनामा बोलेरोमा सवार चालकसहित १३ यात्रु घाइते भएका थिए, तीमध्ये तीन जनाको मृत्यु भएको हो । बाँकी चार जनाको झापाका विभिन्न अस्पतालमा र अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइतेमध्ये एक जना पाँच वर्षीया बालिका पनि समेत छिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x