०२ साउन २०८३, शनिबार

संघमा २ वटा सदनको काम छैन, राष्ट्रियसभा खारेज गरौं : अध्यक्ष लिङ्देन

साउन ११, २०८०
काठमाडौं
संघमा २ वटा सदनको काम छैन, राष्ट्रियसभा खारेज गरौं : अध्यक्ष लिङ्देन
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रदेश संरचना र राष्ट्रियसभा खारेज गर्नुपर्ने बताएका छन् ।

कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरूलाई उपहार दिने क्रममा दोलखाबाट आएको टीमलाई बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट गर्ने क्रममा सञ्चारकर्मीले राखेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताए ।

उनले नेपालको स्थायित्वका ३ पिल्लरमध्ये राजसंस्था र हिन्दूराष्ट्र हटाइएको र अन्तिम खम्बाको रूपमा रहेको नेपाली सेनामाथि पनि आक्रमणको प्रयास भइरहेको बताए । उनले सेना विनाको राज्य बनाउने प्रस्ताव समेत कतिपयले गरिरहेको भन्दै यो दुःखको कुरा भएको बताए । उनले वडा तहदेखि प्रतिनिधि सभासम्मका सदस्यहरू कटौती गरेर खर्च कम गर्नुपर्ने बताए ।

उनले प्रतिनिधिसभा भइसकेपछि राष्ट्रिय सभाको औचित्य नभएको र प्रदेश संरचनाको पनि काम नरहेको जिकिर गरे । उनले नेपाली सेनाको योगदानलाई बिर्सिन नहुने भन्दै अझै सशक्त, आधुनिक र हतियारसम्पन्न नेपाली सेना बनाउनु अहिलेको आवश्यकता रहेको बताए ।

उनले भने, ‘नेपालको स्थायित्वका ३ पिल्लरहरू थिए, राजसंस्था, सनातन हिन्दू राज्य र नेपाली सेना । जसमध्ये २ राजसंस्था र सनातन हिन्दू राज्य मासिसके भने अब अहिले आएर नेपाली सेनामाथि आक्रमण भइरहेको छ । खर्च कटौतीको नाममा सेनाको संख्या घटाउनुपर्ने, कसैले सेना विनाको राज्य बनाउने मोडल प्रस्ताव गरिरहेको छ । यो दुर्भाग्यको कुरा हो । नेपाल जस्तो सानो देशमा वडा सदस्यदेखि राष्ट्रपतिसम्मलाई जनताले कर तिरेर ऋण काढेर तलब भत्ता खुवाउनुपर्ने परिस्थिति छ । यो जनप्रतिनिधिहरूको संख्या कटौती गर्नुपर्छ । अनावश्यक तह जस्तो प्रदेश कुनै काम नै छैन, प्रतिनिधिसभा र राष्ट्रियसभा २ वटा काम नै छैन, कुनै औचित्य छैन, राष्ट्रियसभा खारेज गर्ने प्रतिनिधिसभा सदस्य घटाउनुपर्छ । त्यसैले सेनालाई छुनु, चलाउनु हुँदैन, सेना भनेको सीमाको रक्षा, विपद् व्यवस्थापन, विकास निर्माणमा दिएको योगदानलाई बिर्सिनु हुँदैन । सेनाको मनोबल घटाउने कुरा गर्नु देशको लागि दुर्भाग्य हो । यसलाई सशक्त, प्रभावकारी बनाउनुपर्छ । सेनाको हात हतियारहरू बलियो बनाएर राख्नुपर्छ । सेनालाई कमजोर पार्ने कल्पना गर्नु भनेको राष्ट्रिय हीत विपरित हो, राष्ट्रघात हो ।’

salt training

कमेन्ट गर्नुहोस्