
नेपाल रेडक्रस सोसाइटीले सुदर्शन नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा सोसाइटीका पदाधिकारी निर्विरोध तथा २६ सदस्य पदमा चुनाव र मनोनित दुवै प्रक्रिया अपनाइएको प्रमुख कार्यकारी अधिकृत उमेश ढकालले जानकारी दिए ।
सोसाइटीको उपाध्यक्षद्वयमा राधा नेपाली र सुरेन्द्रसिंह ऐर, महामन्त्री भूपतिलाल श्रेष्ठ, कोषाध्यक्ष वीरबहादुर बस्नेत, उपमहामन्त्री मनोजकुमार थापा र सहकोषाध्यक्ष डोलराज पाण्डे कार्यसमितिमा छन् ।
गत आर्थिक वर्षमा संस्थाको करिब रु दुई अर्ब ४३ करोड बजेट रहेकामा करिब एक अर्ब ७६ करोड मानवीय सेवामा खर्च गरिएको उनले बताए ।