०५ असार २०८३, शुक्रबार

नेपालमा काम गर्न आउने विदेशीको संख्या बढ्दै

साउन १२, २०८०
काठमाडौं
नेपालमा काम गर्न आउने विदेशीको संख्या बढ्दै

स्वदेशमा   रोजगारीको   अवसर   नपाएर   रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढेसँगै विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या पनि बढेको छ ।

पछिल्लो दुुई आर्थिक वर्षमा विदेशका विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या ३७ प्रतिशतले वृद्धि भएको हो । श्रम  तथा  व्यवसायजन्य  सुरक्षा  विभागका  अनुसार  आर्थिक  वर्ष  २०७९÷८०  मा  विकास  साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना  तथा  विदेशी  व्यावसायिक  कम्पनीमा  काम गर्न नेपालबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या दुुई हजार ९९४ रहेको छ ।

जसमा नयाँ एक हजार ३६९ जना रहेका छन् भने श्रम नवीकरण गर्नेको  सङ्ख्या  एक  हजार  ६२५  जना  रहेको  छ । जब कि आव २०७८÷७९ मा यो सङ्ख्या दुुई हजार १८१ जना थियो । जसमा नयाँ ९५० जना थिए भने श्रम नवीकरण गर्ने एक हजार २३१ जना थिए । जुुन सङ्ख्या आव २०७८÷७९ को तुलनामा आव २०७९÷८० मा ८१३ जना बढी हो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्