२२ जेठ २०८३, शुक्रबार

काठमाडौंको चन्द्रागिरिमा गाडी दुर्घटना, २ जनाको मृत्यु

साउन १२, २०८०
काठमाडौं
काठमाडौंको चन्द्रागिरिमा गाडी दुर्घटना, २ जनाको मृत्यु
फाइल फोटो

काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको बा १० च ३५४६ नम्बरको सुजुकी भ्यान चन्द्रागिरिमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका ४ पानीघाटभन्दा माथि हिमचुली भन्ने ठाउँमा कच्ची सडकमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थानकोट प्रहरी वृत्तका डीएसपी नारायण अधिकारीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका तीन जनाको उद्धार गरिएको जानकारी उनले दिए। गाडीमा चालकसहित ५ जना सवार थिए।

भ्यान सडकबाट करिब २ सय मिटर तल पुगेको छ ।

थानकोटबाट डीएसपी अधिकारीसहितको टोली घटनास्थलमा पुगेको छ।

salt training

कमेन्ट गर्नुहोस्