०५ असार २०८३, शुक्रबार

टिभि स्टार किमको एक करोड डलरका गहना चोर्ने १६ पक्राउ

कात्तिक २०, २०७४
टिभि स्टार किमको एक करोड डलरका गहना चोर्ने १६ पक्राउ

 

Kim-Kardashian-Pregnant-053115पेरिस, २५ पुस - अङ्ग्रेजी तथा केही युरोपेली भाषामा प्रसारण हुने टेलिभिजन कार्यक्रमकी गायिका तथा नर्तकी, अनगिन्ती चलचित्रहरूकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार (रियालिटि टिभि स्टार) किम कार्दासियान वेस्टको गर गहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ ।

फ्रान्समा फेशन विक टेलिभिजन सो नामक कार्यक्रम प्रस्तुत गर्ने सिलसिलामा किम कार्दासियान गतः अक्टोबर महिनामा पेरिस पुगेकी थिइन् । पेरिसस्थित उनको निजी निवासमा डाँकाहरूको एउटा ठूलै गिरोह जबर्दस्ती घुसी किमलाई बाँध, छाँद गरेर बाथरुमभित्र थुनी लुटेराहरूको समूहले एक करोड अमेरिकी डलरभन्दा बढी मूल्यपर्ने सुन तथा हिराका गर गहना, जुहारत डकैती गरेर फरार भएका थिए ।

त्यस बखत उनलाई शारीरिक चोटपटक केही नलागे ता पनि मानसिक रूपमा निकै सन्त्रस्त र विचलित भएकी किमका प्रवक्ता महिलाले बताएकी थिइन् ।

फ्रान्सेली प्रहरीले सोमबार सो लुटेराहरूको गिरोह पक्राउ परेको जनाएको छ । यद्यपि, लुटिएका गर गहना तथा जुहारत बरामद हुन सक्यो, सकेन भन्ने तथ्य प्रहरीले खुलाएको छैन ।

आतङ्कवादीहरूले तीन÷तीन पटक ठूलठूला आक्रमण गर्दा धेरै जनधनको क्षतिको चपेटामा परिसकेको फ्रान्सको राजधानी पेरिसमा किम कार्दासियानको गरगहना डकैतीकाण्डले राष्ट्रिय सुरक्षामा फेरी एक पटक गम्भीर प्रश्नचिह्न खडा गरेको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्