०८ असार २०८३, सोमबार

कपिल शर्माले गर्लफ्रेन्डसँग गरे ब्रेकअप !

कात्तिक २०, २०७४
कपिल शर्माले गर्लफ्रेन्डसँग गरे ब्रेकअप !

काठमाडौं, २९ भदौ — भारतका हास्यकलाकार कपिल शर्माका लागि यो वर्ष अत्यन्तै खराब रह्यो । सहकलाकार सुनिल ग्रोभरसँग विमानभित्र झगडा गरेपछि सुनिलले शो नै छोडिदिए । त्यसकारण शोको टीआरपी नै घट्यो ।


अहिले आएको जानकारी अनुसार कपिलले गर्लफ्रेन्ड गिन्नीसँग ब्रेकअप गरेका छन् । कपिलले आफैंले ब्रेकअप गरेको खबर आएको छ ।

कपिलले बिहे पनि क्यान्सल गरिदिएको बुझिएको छ ।

कपिलकै टीममा रहेकी एक युवतीसँग उनको नजिकको सम्बन्ध रहेको स्रोतको भनाइ छ । ती युवतीले नै कपिल र सुनिलबीचको झगडालाई सार्वजनिक गरेको स्रोत बताउँछ ।

यिनै युवतीका कारण कपिल र गिन्नीका बीच फाटो आएको बताइएको छ । तर कपिल र गिन्नी आफैंले केही नभनेकाले उनीहरूबीच समस्या आएको भनेर दाबी नै गर्न सकिने स्थिति चाहिँ छैन ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्