०७ असार २०८३, आइतबार

शान्ति मिसनका लागि दक्षिण सुडान गएका सैनिक जवान मृत भेटिए

साउन १३, २०८०
काठमाडौं
शान्ति मिसनका लागि दक्षिण सुडान गएका सैनिक जवान मृत भेटिए

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ ।

जाजरकोटको खलङ्गा गाउँपालिका वडा नं. ६ निवासी अमल्दार रामबहादुर बाठा यही साउन ११ गते मृत अवस्थामा फेला परेका नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार सुडानको रुम्बेकस्थित गण हेड क्वार्टरमा रहेको भेहिकल वर्कशपमा घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका थिए ।

अहिले उनको पार्थिव शरीर पोस्टमार्टमको प्रक्रिया तथा अनुसन्धानको क्रममा रहेको र पोस्टमार्टमपश्चात नेपाल ल्याउन आवश्यक समन्वय भइरहेको सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्