१२ असार २०८३, शुक्रबार

रक्षामन्त्री खड्काद्वारा मध्यएयर वेश भ्रमण, उच्च मनोवलका साथ काम गर्न निर्देशन

साउन १३, २०८०
काठमाडौं
रक्षामन्त्री खड्काद्वारा मध्यएयर वेश भ्रमण, उच्च मनोवलका साथ काम गर्न निर्देशन

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गौचरणस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्यएयर वेशको निरीक्षण गरेका छन् । उनलाई मध्यएयर वेशमा प्रधान सेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए ।

उपप्रधान तथा रक्षामन्त्रीलाई सैनिक हवाई सेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थितिलगायत सैनिक हवाई सेवाका विविध गतिविधिबारे जानकारी गराएका थिए ।

null

सोही अवसरमा रक्षामन्त्री खड्काले मध्यएयर वेशमा रहेका सैनिक हवाई साधन तथा अन्य महत्त्वपूर्ण उपकरणको अवलोकन गरे । उनले सैनिक हवाई सेवाबाट विपद् उद्धार, विकास निर्माणलगायतका क्षेत्रमा सम्पादन भएका कार्यको उच्च प्रशंसा गर्दै आगामी दिनमा उच्च मनोवलका साथ कार्य गर्न निर्देशनसमेत दिए ।

null

भ्रमणकै क्रममा उपप्रधान तथा रक्षामन्त्रीको अध्यक्षतामा नेपाली सैनिक विमान चार्टर उडान विकास समितिको २५औं बैठकसमेत सम्पन्न भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा रक्षा सचिव किरणराज शर्मा, बलाधिकृत रथी सरोजप्रताप राणा, उच्च पदस्थ पदाधिकारीलगायत सैनिक हवाई सेवाका अधिकृतको सहभागिता थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्