
ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ । महानगरका मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई चिडियाखाना दृश्यावलोकन गर्न छिट्टै सटल बसको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
विश्व बाघ दिवसको अवसर पारेर शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बस १४/१५ सिटको हुने बताए ।
मेयर महर्जनले चिडियाखानाअगाडि चालू आर्थिक वर्षभित्रै टाइगर गेट बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।