
काठमाडौं, २९ भदौ ( जगदम्बा सिमेन्ट उद्योगले दुबै उद्योगबाट विभिन्न व्राण्डहरु उत्पादन गर्दै पूर्व मेची देखि पश्चिम महाकाली सम्म उत्पादन बिव्रmीवितरण गर्दै आइरहेको छ । जगदम्बा योगदान, जगदम्बा प्रयोग विधी, जगदम्बा जागरण, जगदम्बा आरोहण, जगदम्बा विशेष जस्ता उपभोक्ता केन्द्रित कार्यव्रmमहरु संचालनगर्दै आइरहेको छ। नेपालमा पनि प्रविधीको प्रयोगका कारण नेपाली जनमानसको जिवनस्तर सहज र समृद्ध बनाउने उदेश्यले जगदम्बा सिमेन्टले हालै मात्र हाम्रो घर भन्ने मोवाइल एप बजारमा ल्याएको छ ।
सिमेन्ट उद्योगको इतिहासमा नेपालमै पहिलो पटक निर्माण सम्बन्धी हरेक जिज्ञासाको समाधान गर्दै जगदम्बा सिमेन्टले ल्याएको छ हाम्रो घर मोवाइल एप ।
यो मोवाइल एप घर निर्माण सम्बन्धी कार्य गर्ने इन्जिनियर, कन्ट्रयाक्टर, डिलर मेसन लगायत सम्पुर्ण उपभोक्ताहरुका लागि अत्यन्त उपयोगी छ ।
घर निर्माणका लागी चाहिने निर्माण सामग्रीको छनोट, घर निर्माण गर्न घरको लागत, भुकम्प प्रतिरोधी घर निर्माण प्रकृया, लगायत नेपालको पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मका उपभोक्ताले जगदम्बा सिमेन्टको सेल्स टिमसंग सिधै सम्पर्क गर्न सकिनेछ ।
यी विभिन्न ँभबतगचभक का कारण आम उपभोक्ताहरुको निर्माण सम्बन्धीको जिज्ञासा निराकरण गर्दै ग्राहक तथा उपभोक्ताको सेवा प्रति समर्पित रहने उदेश्य रहेको छ ।