२३ जेठ २०८३, शनिबार

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

साउन १३, २०८०
काठमाडौं
वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ ध्यानार्कषण गराएकी छिन् ।

आज विश्व बाघ दिवसको शुभकामना दिँदै उनले बाघको सङ्ख्यासँगै मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने घटना वृद्धि भएकोप्रति चिन्ता व्यक्त गरेकी हुन् । उनले दिवसका अवसरमा वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ सम्बद्ध पक्षको ध्यानार्कषण गराइन् ।

“बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार, बाघका लागि आहारा हुने वन्यजन्तुको सङ्ख्या वृद्धि गर्न घाँसे मैदानको विस्तार र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पुर्‍याउनु पर्दछ”, शुभकामना सन्देशमा उल्लेख छ ।

पूर्वराष्ट्रपति भण्डारीले बाघको संरक्षण नेपालको पर्यटन प्रवद्र्धन एवं आर्थिक विकासका लागि महत्त्वपूर्ण भएको भन्दै संरक्षणका उचित उपाय अवलम्बन गर्न र त्यसलाई निरन्तरता दिन आह्वान गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्