
प्याराग्लाइडिङ दुर्घटनामा निधनभएका खेलाडी निसिम थापाको सालिक स्थापना गरिने भएको छ ।
नवौँ राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ प्रतिस्पर्धाकै क्रममा दुर्घटनामा थापाको निधन भएपछि सम्मानस्वरुप उनको पोखरा रङ्गशालाभित्र अर्थकदको सालिक राख्न लागिएको हो । सालिक राख्ने कार्यको आज एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।
थापाको सालिक रङ्गशालाको परिसरभित्र रहेको ओलम्पिक टर्चको नजिकैको स्थानमा बनाउन लागिएको हो । वरिपरि पार्कसमेत निर्माण गरिने निसिम फाउन्डेसनले जनाएको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा गत असोज ३० गते प्याराग्लाइडिङ दुर्घटनामा नेपाली सेनाका खेलाडी निसिमको ज्यान भएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले खेलका दौरान ज्यान गुमाउने खेलाडी थापाको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय सोही बेला नै गरेको थियो ।