×

NIC ASIA

अन्तर्राष्ट्रिय सीमाक्षेत्रको अनधिकृत बस्ती हटाइयो

सिरहा | साउन १३, २०८०

Prabhu Bank
NTC
Premier Steels

सर्लाहीको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा वर्षौँदेखि अनधिकृतरूपमा बसेको बस्तीलाई हटाइएको छ । सर्लाहीस्थित १० नं सशस्त्र प्रहरी बल र भारततर्फका सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त प्रयासबाट अतिक्रमित क्षेत्र खाली गराइएको हो । 

Muktinath Bank

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गोडैता नगरपालिका–१२ मधुवनी बस्तीमा अवस्थित दशगजा क्षेत्रमा नेपाल र भारत दुवैतर्फका नागरिकले अतिक्रमण गरी निर्माण गरिएको घर, पसल तथा पशुगोठजस्ता संरचना हटाइएको बताए । उनले सदरमुकाम मलङ्गवाबाट १५ किमी पश्चिम–दक्षिणमा पर्ने नेपालतर्फका मधुवनी बस्ती र भारततर्फको मेजरगञ्ज प्रखंड, बहेरा ग्राम पञ्चायत वडा नं १२ को दशगजा क्षेत्रको ४१ वटा घरटहरा तथा पशुगोठजस्ता संरचना हटाइएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय पिलर नम्बर ३३६, ३३६ (१, २ र ३) जस्ता बिजोर सीमास्तम्भ भारत सरकारले बनाएको छैन भने जोर पिलर नेपाल सरकारले निर्माण सम्पन्न गरेको बताइएको छ । भारत सरकारले स्तम्भ नबनाउँदा सीमास्तम्भको स्थानमा बाँस तथा साना पत्थर राखेर अन्र्तराष्ट्रिय सीमा छुट्याइएको छ ।
 
त्यसैगरी विष्णु गाउँपालिका–५ फेन्हरा तथा भारततर्फ जिल्ला सीतामढी बगाहा ग्रामपञ्चायत–२ मा पर्ने दशगजा क्षेत्रमा २८ वटा पक्की तथा फुसको घरटहरा हटाइएको बताइएको छ । सीमा अतिक्रमण गरी बसेका व्यक्तिले सीमास्तम्भ छोपिने गरी घर निर्माण गरेको मधुवनी बस्तीका अभिताभ कुशवाहले बताए । 


Advertisment
Nabil box
Kumari

जिल्लाको बलराबाट सङ्ग्रामपुरसम्मको ४२ किलोमिटर सीमाक्षेत्रमा पर्ने ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगर सेखटोल र भारततर्फ जिल्ला सीतामढी सोनवर्षा ग्रामपञ्चायत–८ सोनवर्षामा आठवटा घर तथा पसल हटाइएको छ । यहाँ सीमाक्षेत्र अतिक्रमण गरी दशगजाको पिलर पार गरेर त्रिभुवन नगरको पुलछेउसम्म नै आएर भारतीयले टहरा बनाउने, पसल थाप्ने गरिरहेका थिए । 

Vianet communication

पछिल्लो समय नेपाल–भारत सीमाक्षेत्र स्वतन्त्ररूपमा छुट्याइएपछि दुवै मुलुकका सुरक्षाकर्मीले आ–आफ्नो भूमि प्रयोग गरी सीमाक्षेत्रको रेखदेख गरिरहेका छन् । त्यस्तै बलरा नगरपालिका–५ अर्नाहा र भारततर्फ जिल्ला सीतामढी सिजुवा ग्रामपञ्चायत–३ बेलवा सीमाक्षेत्रको चारवटा घरटहरा हटाइएको छ । प्रजिअ इन्द्रदेव यादवले भारतको सीतामढी जिल्लासँग जोडिएको सर्लाहीको ४२ किलोमिटर क्षेत्रको सीमा अतिक्रमण लगभग खाली गराइएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x