०९ साउन २०८३, शनिबार

सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा छौँ : रवि लामिछाने

साउन १३, २०८०
चितवन
सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा छौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताएका छन् । 

आज पार्टीको भक्तपुर नगर समिति गठन तथा घोषणासभामा उनले सरकारले सुनको भरिया पक्राउ गरे पनि अझै मुख्य मालिक पक्राउ नपरेकाले ती मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताएका हुन् ।

उनले भने, “सुन तस्करीका मुख्य मालिक सरकारले कहिले पक्राउ गर्छ भनेर हामी हेरेर बसेका छौँ, पक्कै पक्राउ पर्छ भन्ने पर्खाइमा पनि छौँ ।”

सभापति लामिछानेले जनताको भारी मतले आएको रास्वपालाई बेला–बेला कुनै दलको पछि लाग्यो भन्ने आरोप लाग्ने गरेकामा आपत्ति प्रकट गर्दै आफ्नो पार्टीलाई कसैको भारी बोकेर र पछि लागेर हिँड्नुपर्ने आवश्यकता नरहेको पनि बताए । 

रास्वपालाई सिध्याछु भन्ने कसैले पनि नसोच्न आग्रह गर्दै उनले यो पार्टीभित्र एकसे एक होनाहार नेताहरू रहेकाले कसैले सिध्याउन नसक्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्