०७ असार २०८३, आइतबार
प्रचण्ड-ओली भेटवार्ता

बालुवाटारमा प्रचण्ड-ओली भेटवार्ता

साउन १४, २०८०
काठमाडौं
बालुवाटारमा प्रचण्ड-ओली भेटवार्ता
फाइल तस्बिर

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । स्रोतका अनुसार संसद् अवरोध हटाउनेलगायत विषयमा नेताहरूबीच छलफल भएको हो । 

विमानस्थल बाहिरबाट समातिएको सुन काण्डको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गतेको प्रतिनिधि सभा अवरुद्ध गरेको थियो । एमालेको अवरोधका कारण स्थगित प्रतिनिधि सभा भोलि बस्दैछ । 
 

कमेन्ट गर्नुहोस्