०६ असार २०८३, शनिबार

पहिरोले अवरुद्ध बुटवल–पाल्पा सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

साउन १४, २०८०
बुटवल
पहिरोले अवरुद्ध बुटवल–पाल्पा सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । सडकमा सवारीको लाइन लामो भएपछि केही समय अघिबाट एकतर्फी यातायात सवारी सञ्चालन गरिएको दोभान प्रहरी चौकीले जनाएको छ । 

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान ड्यामसाइड क्षेत्रमा ढुंगा र लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरोले सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फको प्रवेश विन्दुको रिबमा क्षतिसमेत पुर्‍याएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । 

पहिरो हटाउने काम भने अझै बाँकी नै रहेको उनले बताए । सडक सुचारु भएसँगै बाटोमै रोकिएका सवारी साधन गन्तव्यमा जान हिँडेका छन् ।

बुटवल–पाल्पा सडकखण्डको यो क्षेत्रमा हरेक वर्षायाममा निरन्तर पहिरो बग्दै आएको छ । पहिरो झरिरहने भएकाले बुटवलदेखि झुम्सासम्मको सडकलाई असुरक्षित मानिन्छ । 

यहाँ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । अहिले पनि लगातार पानी परेकाले पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्