२७ असार २०८३, शनिबार

टाटा योद्धा अब नेपाली बजारमा, यस्ता छन् टाटाका विशेषता

कात्तिक २०, २०७४
टाटा योद्धा अब नेपाली बजारमा, यस्ता छन् टाटाका विशेषता
IMG_0634
काठमाडौं, २९ भदौ- 
चर्चित ब्राण्ड टाटा मोटर्स् र नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले टाटा योद्धा सार्वजनिक गरिएको छ । टाटा मोटर्स्द्वारा उत्पादित टाटा योद्धाले प्रतिस्प्रधात्मक युगमा आफ्नो अतुलनीय विशेषताहरुको प्रतिनिधित्व गर्दछ । यो विभिन्न भेरियन्टहरुमा उपलब्ध छ जसमा भएको ८५ एच।पि। को शक्तिशाली ३।० लि इन्जिन, २५० एन।एम। टर्कले यसलाई आफ्नो वर्गको उत्कृष्ट गाडी साबित गर्न मद्दत गर्दछ । उत्कृष्ट ग्राउन्ड क्लियरेन्सले गर्दा यसलाई जुनसुकै व्यवसायमा जस्तै फलफूल र तरकारी, पोलिट्री, माछा, दूध आदि ढुवानीमा, क्यास भ्यान र कन्सट्रकसन साइटहरुमा सर्भिस सपोर्ट भेहिकलको रुपमा ढुक्कले प्रयोग गर्न सकिन्छ ।

टाटा मोर्टस्को बारेमा
टाटा मोर्टस् लिमिटेड ४२ बिलियन अमेरिकी डलरसहित विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो जसले कार, यूटीलिटी भेहिकल, बस, ट्रक, डिफेन्स भेहिकल आदिको उत्पादन गर्दै आइरहेको छ । भारतको बृहत अटोमोबाइल कम्पनी र १०० बिलयिन अमरिकी डलरको टाटा मोटर्स् यु।के।, दक्षिण कोरीया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा अन्य ७६ वटा सहायक कम्पनीहरु जस्तै यू।के। मा जुगर ल्यान्डरोभर र दक्षिण कोरियामा टाटा डियोका साथ मजबुत ग्लोबल नेटवर्कका साथ सञ्चालित छ ।
कम्पनीको भारतमा फियाटसँग संयुक्त औद्योगिक भेन्चर– लगानी पनि रहेको छ । हाल ९० लाख टाटाका गाडीहरु भारतीय सडकमा गुडिरहेका छन् जसले टाटा मोटर्स्लाई भारतीय बजारमा कमर्सीयल गाडी र प्यासेन्जर गाडीे बिक्रीको प्रमुख हिस्सा दिलाएको छ । कम्पनीको नयाँ आविष्कारहरु प्राय नयाँ प्रविधिमा आधारित छन् जुन् दिगो तथा सबैलाई उपयुक्त हुने खालका हुन्छन् । टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका, अस्ट्रेलिया, रसिया लगायत विश्वका विभिन्न भागहरुमा विक्रीवितरण गरिन्छ ।

सिप्रदीको बारेमाः
सिप्रदी ट्रेडिङ्ग प्रा।लि। नेपालमा अटोमोबाइल र एलिड बिजनेशको मुख्य हिस्सा हो भने नेपालको प्रतिष्ठित ब्रान्डहरुमध्ये एक पनि हो । विगत ३५ वर्षदेखि सिप्रदी वार्षिक ३५० मिलियन अमेरिकी डलर राजस्वका साथ नेपालको अटोमोटिभ, ईनर्जी, लुब्रिकेन्ट, वित्तिय सेवा र इक्यूपमेन्ट बिजनेशमा तीव्र रुपले विस्तारित भइरहेको छ । ग्राहकहरुलाई स्तरीय सुविधा प्रदान गरि आफ्नो ब्रान्ड इमेजलाई समेत बढावा दिने मुख्य उद्देश्यका साथ कम्पनीमा हाल ७५० जना कर्मचारी र ६५० जना सहायक कर्मचारीहरु कार्यरत छन् ।

सन् १९८२ देखि टाटा मोटर्स् लि। को नेपालका लागि आधिकारिक वितरकको रुपमा परिचित यो कम्पनी, आइएसओ ९००१ः२००८ द्वारा प्रमाणित छ । सिप्रदीले टाटा मोर्टस्द्वारा उत्पादित कमर्सियल तथा प्यासेन्जर गाडीहरुको नेपालभर विक्री वितरण र त्यसपछिको सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै सिप्रदी नेपालकै बृहत शाखा संजाल भएको कम्पनीको रुपमा पनि परिचित छ । टाटा मोटर्स्बाट उत्पादित कमर्सियल भेहिकलहरुका लागि यसको १८ वटा सेल्स अफिसहरु र २४ वटा सर्भिस सेन्टरहरु र प्यासेन्जर भेहिकलहरुका लागि १६ वटा शोरुम र २४ वटा सर्भिस सेन्टरहरु नेपालभर छरिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्