२९ जेठ २०८३, शुक्रबार

भारतीय गाडीमा नेपाली राष्ट्रिय झण्डा राखेर चुनाव प्रचार

कात्तिक २०, २०७४
भारतीय गाडीमा नेपाली राष्ट्रिय झण्डा राखेर चुनाव प्रचार
सर्लाही ३० भदौ– आफूलाई राष्ट्रियताको मामलामा अब्बल ठान्ने दलका कार्यकर्ताले चुनाव प्रचार प्रसारका क्रममा भारतीय नम्बर प्लेटका गाडीको प्रयोग गरेका छन् ।indian number plate2
सत्तारुढ दललाई भारत परस्तको आरोप लगाउने प्रमुख प्रतिपक्षी दल र प्रतिपक्षी राप्रपाले समेत चुनाव प्रचार प्रसारमा भारतीय नम्बर प्लेटका गाडीको प्रयोग गरेका छन् ।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस, माओवादी केन्द्र तथा मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमले खुलेआम भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरिरहेका छन् ।indian number plate1
उदेक लाग्दो कुरा त त्यसरी प्रयोग गरिएका भारतीय नम्बर प्लेटको गाडीमा नेपालको राष्ट्रिय झण्डाको चरम दुरुपयोग गरेको पाइएको छ । सर्लाहीको हरिवन नगरपालिकामा राप्रपाका तर्फवाट वडा अध्यक्षका उम्मेदवार निरञ्जन मैनालीले भारतीय नम्बर प्लेटको स्कोरपिओ जिपमा नेपाली झण्डा हालेर कुदाएका हुन् ।indian number plate3
भारतीय नम्बर प्लेटको गाडीमा नेपाली झण्डा हालेर कुदाउदा समेत प्रहरीले कार्वाही नगरेको भन्दै स्थानीयले अचम्म मानेका थिए ।indian number plate
सर्लाहीको मलंगवामा बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्वोधन गर्ने कार्यक्रममा प्रयोग भएका ८० प्रतिशत सवारी साधन भारतीय नम्बर प्लेटका थिए ।

salt training

कमेन्ट गर्नुहोस्