१२ साउन २०८३, मंगलबार

भागबन्डा मिलाउन मुख्यमन्त्रीको शपथ सारियो, सभामुखबाट राजीनामा दिएका गौतमलाई अर्थमन्त्री बनाइने

साउन १७, २०८०
काठमाडौं
भागबन्डा मिलाउन मुख्यमन्त्रीको शपथ सारियो, सभामुखबाट राजीनामा दिएका गौतमलाई अर्थमन्त्री बनाइने

कोशी प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा मिलाउन मुख्यमन्त्रीको शपथ ग्रहणको कार्यक्रम सारिएको छ । बिहान साढे १० बजे गरिने तय भएको शपथ कार्यक्रम गठबन्धनबीच भागबन्डा नमिल्दा सारिएको हो । 

भागबन्डाबारे दलहरूबीच छलफल चलिरहेकाले शपथ ग्रहण कार्यक्रम अपराह्न ५ बजे सार्न प्रदेश प्रमुखको कार्यालयलाई अनुरोध गरिएको मुख्यमन्त्री थापाले बताए । कुन पार्टीले कुन कुन र कति मन्त्रालय लिने भनेर गठबन्धनका नेताहरू अहिले छलफलमा जुटेका छन् । 

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलवार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइने

थापालाई मुख्यमन्त्री बनाउन कोशी प्रदेशको सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । सरकारको दोस्रो वरीयता दिएर गौतमलाई सरकारमा सहभागी गराउन लागिएको माओवादी केन्द्रका एक नेताले बताए । 

यसअघि पनि आर्थिक मामिला तथा योजना मन्त्रालय माओवादी केन्द्रको भागमा परेको थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाईँसमेत रहेका जीवन आचार्य मन्त्री थिए । 

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले आज नै मन्त्रिमण्डल विस्तार गर्दैछन् । ३ पार्टीबाट ३ जनालाई मन्त्री बनाउने उनको तयारी छ । 

कांग्रेसबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमल जवेगुलाई मन्त्री बनाउने तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्