२५ जेठ २०८३, सोमबार

फिल्म ‘हिँड्दा हिँड्दै’को ट्रेलरमा आकाश र सलोनको मित्रता

साउन १७, २०८०
काठमाडौं
फिल्म ‘हिँड्दा हिँड्दै’को ट्रेलरमा आकाश र सलोनको मित्रता

आकाश श्रेष्ठ र सलोन बस्नेत अभिनीत फिल्म ‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनिक गरिएको छ । दुई साथीको मित्रता, युवतीसँगको प्रेम अनि विछोडको कथालाई ट्रेलरमा देखाइएको छ । 

मिलन आले मगरको निर्देशनमा बनेको यो फिल्म आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा रेशा शाह, सानिया खान, विशाल श्रेष्ठ, विकास थापा मगर, विमल श्रेष्ठ र बाल कलाकार अर्विन थिङको पनि अभिनय छ । 

सुशील पंगेनीको लेखन एवं निर्माण रहेको फिल्मको निर्माता राज लामा हुन् । विमल श्रेष्ठ फिल्मका प्रस्तुतकर्ता रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्