
पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक राजधानीमा शुरू भएको छ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभा कक्षमा बुधवार दिउँसो बैठक शुरू भएको हो । बैठकको शुरूमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने केन्द्रीय सदस्य सुदर्शन बरालले जानकारी दिए ।
यस्तै महासचिव देव गुरुङले संगठनात्मक प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् । माओवादीले विधान संशोधनमार्फत केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव आजको बैठकबाट निर्णय गर्दैछ ।