२३ असार २०८३, मंगलबार
संसद्‍ गतिरोधबारे ओलीको आरोप

ओलीको आरोप– संसद् बैठक स्थगित गर्न सरकारले सभामुखलाई दबाब दियो

साउन १७, २०८०
काठमाडौं
ओलीको आरोप– संसद् बैठक स्थगित गर्न सरकारले सभामुखलाई दबाब दियो
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू संसद् अवरोधको पक्षमा नभए पनि सरकारले नै सभामुखलाई बैठक सार्न दबाब दिएको आरोप लगाएका छन् । बुधवार एमाले केन्द्रीय कार्यालयमा तुल्सीलाल अमात्यको स्मरणमा आयोजित कार्यक्रममा ओलीले संसद् अवरोध खोल्न सत्ता पक्ष नै तयार नभएको आरोप लगाएका हुन । 

बालुवाटारमा भएको सहमति बानेश्वरमा पुगेर तोडेको भनेर आरोपित गरिएको ओलीले दाबी गरे । ‘सरकारले सभामुखलाई दबाब दियो, सूचना टाँसेर बैठक स्थगित गर्नु भन्दै । बालुवाटारमा भएको सहमति संसदमा आउँदा ओलीले छाड्दिओ भनेर भन्छ’ ओलीले भने । 

एमालेले अवरोध गर्ने चेतावनी दिएपछि सोमवार र मंगलवारका लागि निर्वारित प्रतिनिधि सभा बैठक सूचना मार्फत स्थगित गरिएको थियो । 

ओलीले सुन तस्करी सम्बन्धमा भरपर्दो छानबिन हुनुपर्ने आफूहरूको माग गरेको बताए । ओलीले सुन तस्करी सम्बन्धमा चुइक्क नबोलेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाको आलोचना गरे । ‘अचम्मको कुरा के हो भने नेपाली कांग्रेस चुँ गर्न सक्दैन, चुइक्क बोल्न सक्दैन । देउवाजी तपाईले क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छैन ? के छ तपाईंको विचार ?’ ओलीले प्रश्न गरे ।

salt training

कमेन्ट गर्नुहोस्