२२ जेठ २०८३, शुक्रबार
कोशीमा नयाँ सरकार

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

साउन १७, २०८०
काठमाडौं
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ ग्रहण गरेका छन् ।  प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले उनलाई शपथ गराएका हुन् ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा २६ दिनभित्रै दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यसअघि असार २१ मा पहिलो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थापालाई सर्वोच्च अदालतले साउन ११ गते गत बिहीवार पदमुक्त गरेको थियो ।

मुख्यमन्त्री दाबी गर्दा प्रदेशसभाका सभामुखको समेत हस्ताक्षर संलग्न गराएको विषयलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै उनको नियुक्ति बदर गरेको थियो ।

सभामुख बाबुराम गौतमले राजीनामा दिएर उनलाई बहुमत पुग्ने बाटो खोलिदिएका थिए । सभामुखले राजीनामा दिएपछि उनी फेरि मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्