०४ साउन २०८३, सोमबार

नेपाली काँग्रेसले कसैलार्इ भेेदभाव गरेको छैन : नेता केसी

कात्तिक २०, २०७४
नेपाली काँग्रेसले कसैलार्इ भेेदभाव गरेको छैन : नेता केसी
सप्तरी, ३० भदौ - नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले २००७ सालदेखि नेपाली काँग्रेसले मधेश र मधेशीको अधिकार र पहिचानका लागि संघर्ष गर्दै आएको र अहिले पनि लागिपरेको बताउनुभएको छ । 

उहाँले बिहीबार साँझ राजविराजमा नेपाली काँग्रेस नगरसमिति, राजविराजद्वारा आयोजित कार्यक्रममा उहाँले आफ्नो पार्टीले कुनै पनि समुदाय, वर्ग र जातिसँग कुनै किसिमको भेदभाव नगरेको र सधँै समान व्यवहार गरेको दाबी गर्नुभयो । 

नेकपा (एमाले) ले नेपाली काँग्रेसले संसद्मा लगेको संशोधन विधेयक पास हुन नदिएको बताउँदै मधेशीको अधिकार दिलाउन नेपाली काँग्रेस बहुमतमा आए फेरि संशोधनका लागि पहल गर्ने उहाँले बताउनुुभयो । 

मधेशको मसिहा दाबी गर्ने मधेशी दल आन्तरिक कलह र सत्ता लोभमा फसेकाले मधेशको समस्या समाधान नहुने उल्लेख गर्दै प्रदेश नं २ अन्तर्गत स्थानीय निकायमा रहेका आफ्ना उम्मेदवारलाई विजयी गराउन मधेशी जनतासँग अपिल गर्नुभयो । 

साथै, उहाँले सप्तरीको आर्थिक सामाजिक र व्यापारिक विकासका लागि नेपाली काँगे्रसले स्पष्ट योजना ल्याएको बताउँदै वर्तमान काँग्रेस नेतृत्वको सरकारले सप्तरीका बाढीपीडितको समस्या समाधान गर्न गम्भीरतापूर्वक लागेको उल्लेख गर्नुभयो । 
 

salt training

कमेन्ट गर्नुहोस्