
बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
रोगको बढ्दो सङ्क्रमण दर र पशु मृत्युदर न्यूनीकरणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यही साउन २५ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको हो ।
खोप अभियानअन्तर्गत प्रदेशका करिब ४० हजार गाई÷भैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य रहेको मन्त्रालयकी पशु चिकित्सक डा सृजना वाग्लेले जानकारी दिए ।