०२ असार २०८३, मंगलबार

ललितपुरमा ‘लम्पी स्किन’ संक्रमण बढ्दो

साउन १८, २०८०
ललितपुर
ललितपुरमा ‘लम्पी स्किन’ संक्रमण बढ्दो

ललितपुरमा ‘लम्पी स्किन’ संक्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने संक्रमण फैलिँदै गएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा. निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा १ हजार ४३१ पशु संक्रमित भएका छन् । 

संक्रमितमध्ये ७२ भैंसी र ११ गाई मरिसकेका छन् । डा. निशाका अनुसार संक्रमण बढ्दो क्रममा रहेको छ ।

केन्द्रले थप क्षति नहोस् भनेर सजकता अपनाएको जानकारी दिँदै उनले जिल्लाभरमा ८ हजार ३०० गाईभैंसीलाई ‘लम्पी स्किन’ विरुद्घको खोप लगाइसकेकोे बताइन् । गोदावरी नगरपालिकामा मात्र ५ हजार गाईभैंसीलाई खोप लगाएको छ भने यहाँ संक्रमित संख्या २९६ पुगेको छ ।
    
उपत्यकामा कूल संक्रमित पशुको संख्या १२ हजार ८७३ पगेको छ । डा. निशाले भनिन्, ‘गाईभैंसी संक्रमणमुक्त १ हजार १७ छन् भने मर्नेको संख्या १७४ पुगेको छ ।’

उपत्यकाभरका १७ हजार ९८८ गाईभैंसीलाई खोप लगाइसकेको डा. निशाले बताइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्