२४ जेठ २०८३, आइतबार

डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो सेयर रोक्का रहने

साउन १८, २०८०
काठमाडौं
डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो सेयर रोक्का रहने

डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का राखिने भएको छ ।  सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले  डिम्याट नवीकरण नगर्ने लगानीकर्ताको भदौ १५ देखि मेरो सेयर रोक्का राख्ने जनाएको हो ।

लगानीकर्ताहरुले डिम्याट नवीकरण नगरी मेरो शेयर मात्र नवीकरण गरि प्रयोग गर्न थालेपछि सिडीएससीले यस्तो निर्णय गरेको हो । 

डिम्याट खाता नवीकरण गर्दा वार्षिक रुपमा १०० तिर्नुपर्छ भने मेरो शेयर नवीकरण गर्दा ५० तिर्नुपर्ने व्यवस्था रहेको छ । लगानीकर्ताले डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनुअघि निक्षेप सदस्य डीपी लाई बुझाउने व्यवस्था रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्